विराटनगर ।

नया शक्ति पार्टीका संयोजक एव पुर्व प्रधानमन्त्री वावुराम भट्टराईले सत्ता पक्ष र राष्ट्रिय जनाता पार्टी दुवै पक्ष लचक भएर सहमती कायम गर्नुपर्ने वताउनु भएको छ ।

विराटनगरमा आज संचारकर्मीसंगको कुराकानीमा संयोजक भट्टराईले निर्वाचनमा सवैको सहभागिताका लागी राजपाको न्युन्तम मागलाई सरकारले सम्वोधन गरी चुनावमा सहभागीहुने वातावरण वनाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाले राजपालेपनि आफना सवै माग पुरा हुनु पर्ने अडी त्याग्नु पर्ने र सत्ता पक्षले पनि कतिपनि मन्दिन भन्न नहुने भन्दै दुवै पक्षले थोरै भएपनि लेनदेन गरेर अगाडी वढनु पर्ने वताउनु भयो ।

संयोजक भट्टराईले स्थानीय तहको चुनावलाई सार्थक वनाउनपनी राष्ट्रिय जनतापार्टीको सहभागीता अपरिहार्य रहेको बताउनुभयो ।

कुनै दललाई चुनाववाट वाहिर राखेर सरकार अघि वढेको खण्डमा मुलुक द्धन्दतर्फ धकेलिने भन्दै सवैलाई मिलाएर निर्वाचनमा जादा निर्वाचन सार्थक र सफल हुने उहाको भनाई थियो ।

25.12¡ÆC