साझा पार्टीबाट ईटहरीको मेयरमा डा. तारा काफ्ले र उपमेयरमा प्रकाशचन्द्र परियारको उम्मेद्धारी

जेष्ठ २९, २०७४ मा प्रकाशित | 985 views

काठमाडौं ।

साझा पार्टीले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ईटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ ।

स्थानिय तह निर्वाचन घोषणसँगै नयाँ शक्तिको रुपमा आएको साझा पार्टीले ईटहरीको मेयरका लागि प्राध्यापन र समाजसेवामा संलग्न डाक्टर सुश्री तारा काफ्ले र उपमेयरका लागि पत्रकार तथा मानव अधिकारकर्मी प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको जनाएको छ ।

पहिलो चरण निर्वाचनमा काठमाडौं र ललितपुर महानगरपालिकामा उम्मेद्धारी दिएर प्रमूख दलहरुलाई समेत चुनौति दिएको साझा पार्टीले हालको लागि संगठन विस्तारको समय अभावमा ईटहरीमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने लक्ष्य राखेको समेत जानकारी गराएको छ ।

पार्टी निर्माणको ६ हप्तामै काठमाडौं र ललितपुर महानगरपालिकामा उम्मेद्धारी दिएर सम्मानजनक मत ल्याएको साझा पार्टीले ईटहरी उपमहानगरपालिकामा जनसङ्ख्या तथा जनस्वास्थ्यमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा काशी हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएकी डा तारा काफ्लेलाई मेयर उम्मेद्धार बनाएको हो ।

ईटहरी उपमहानगरपालिका वडा नं ५ निवासी ३८ वर्षिया काफ्ले जनसङ्ख्या, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अध्यापन, अनुसन्धान तथा समाजसेवामा सक्रिय हुनुहुन्छ ।

काफ्ले ईटहरी उपमहानगरपालिका वडा नं ५ स्थित सेवामुलक विद्यालय ‘अमुर्त अक्याडमी’को संस्थापक अध्यक्ष हुनुहुन्छ भने काठमाडौँ विश्वविद्यालय, विराट मेडिकल कलेज, टंकीशिनवारी, मोरङ्गमा उपप्राध्यापकका रूपमा समेत कार्यरत हुनुहुनछ ।

इटहरीलाई सम्पूर्ण देशकै नमुना सहरका रूपमा विकास गर्ने खाका निर्माणमा जुट्नु भएकी काफ्लेलाई साथ दिंदै उपमेयर उम्मेद्धार बन्नुभएको छ पत्रकार तथा मानवअधिकारको क्षेत्रमा क्रियाशिल प्रकाशचन्द्र परियार ।

प्रकाशचन्द्र परियार साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य समेत हुनुहुन्छ । उहाँ साझा पार्टी गठनसँगै पत्रकारिता छाडेर राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ ।

परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका परियार भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको रुपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web