भरतपुर महानगरपालिकाको मुद्दाको सुनुवाई भएन

जेष्ठ २८, २०७४ मा प्रकाशित | 747 views

भरतपुर महानगरपालिकाको मुद्दाको सुनुवाई भएन

<p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">भरतपुर । भरतपुर महानगरपालिकामा पुनः मतगणना गर्नुपर्ने मागसहितको रिटमाथि आज सुनुवाई नहुने भएको छ । भरतपुर महानगर १९ को मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेसँगै एमालेका तर्फबाट सोही वडाका सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए &nbsp;।</p><p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">भरतपुरको पेशी सर्वोच्चका न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा परेको थियो । रिट १७ नम्बरमा परेकाे र फैसलाका लागि समय अभाव हुने भएकाले हेर्न नभ्याइने सर्वोच्चले जनाएको छ ।</p><p style="color: rgb(51, 51, 51); font-size: 15px; text-align: justify;">गत जेठ २२ गते सर्वोच्चका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्ने भन्दै ‘हालको प्रक्रिया यथास्थितिमा राख्न’ विपक्षीका नाममा आदेश दिएका थिए ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web