अनुदानको रकम जथाभावी खर्च नगर्न अर्थ मन्त्रालयको आग्रह

जेष्ठ २८, २०७४ मा प्रकाशित | 854 views

काठमाडौं ।

अर्थमन्त्रालय, अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखाले स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधिलाई अनुदानको रकम जथाभावी खर्च नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले अनुदानको रकमबाट सवारी साधन खरिद, नयाँ कर्मचारी नियुक्ति, सामाजिक सुरक्षा भत्ता थपेर वितरण र स्थानीय तहका पदाधिकारीको सेवा सुविधा अनुदान रकमबाट खर्च गर्न नमिल्ने बताएको हो ।

प्रदेश नं ३ का निर्वा्चित नगरप्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखाका सह–सचिव निर्मलहरि अधिकारीले आग्रह गर्नुभएको हो ।

स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्नपश्चात् केही स्थानका पदाधिकारीले मनलागिरुपमा अनुदान रकम खर्च गर्ने सङ्केत गरेपछि अर्थमन्त्रालयले प्रदेश नं ३ का जनप्रतिनिधिलाई वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिएको हो ।

कार्यक्रममा प्रदेश नं ३ मा पर्ने जिल्लामध्येका सिन्धुपाल्चोक, रामेछाप, , नुवाकोट, धार्दिङ, र रसुवा जिल्लामा पर्ने नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष गरी झन्डै १०० जना पदाधिकारीको उपस्थिति थियो ।

अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले स्थानीय स्रोत परिचालनमा प्रभावकारिता अनुत्पादक खर्चमा नियन्त्रण, पुँजी निर्माण कार्यमा लगानी, दीर्घकालीन दायित्व सिर्जना नगर्ने कार्यमा अग्रसर नहुन पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web