सिन्धुलीगढी ।

जुनारको जिल्ला भनेर चिनिने सिन्धुलीमा असिनाले १० प्रतिशत जुनारको चिचिलामा क्षती पु¥याएको छ ।

जुनारको दाना लागि सकेको समयमा पटक पटक असिना आएको असिनाले जुनारमा क्षती पुर्याएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

जुनारको उत्पादन हुने महाभारत क्षेत्रमा पर्ने स्थानहरुमा यस बर्ष विगतका बर्षको तुलनामा असिना धेरै परेको किसानहरुले बताएका छन् । असिनाले जुनारको दान झारिदिएको स्थानिय कृषक प्रकाश लुङगेलीले बताउनुभयो ।

सिन्धुलीमा संरचनागत हिसावले ९ वटै स्थानीय तहमा जुनार उत्पादन हुने गर्दछ । जुनार उत्पादन यस बर्ष २० प्रतिशतले बृद्धि हुने अनुमान गरि रहदा असिनाले १० प्रतिशत क्षती गरेको जिल्ला जुनार उत्पादन सहकारीका अध्यक्ष निर्मलकुमार रम्तेलले बताउनुभयो ।

अझै पनि असिना नआएमा गत बर्षको भन्दा बढी नै जुनार उत्पादन गर्न सकिने उहाँको भनाई छ ।

कृषकहरु पछिल्लो समयमा जुनारको व्यवसायिक खेती गर्न थालेकाले जुनार उत्पादन बृद्धि हुदै आएको रम्तेलले बताउनुभयो । गत बर्ष सिन्धुलीमा ८ हजार ३ सय मेट्रिक टन जुनार उत्पादन भएको उहाँको भनाई छ ।

सिन्धुलीमा ५ हजार १ सय किसान व्यवसायिक रुपमा जुनार खेती गर्दै आएका छन् ।

15.87¡ÆC