म्याग्दी ।

म्याग्को बेनी बास्कुनामा अन्तर्राष्ट्रिय स्तरको सुन्तला बगैँचा बनाउने पहल शुरु भएको छ ।

न्यूजिल्यान्डमा रहेका बास्कुनाका लालबहादुर केसीले अन्तर्रा्ष्ट्रियस्तरको बगँैचा व्यवस्थापन र काठमाडौँका व्यापारीलाईसमेत सुन्तलाबारीमै पुग्ने वातावरण बनाउन स्थानीयबासीलाई तालिम र प्रविधि उपलव्ध गराएपछि बास्कुनालाई अन्तर्राष्ट्रिय स्तरको सुन्तला बगैँचा बनाउने पहल शुरु भएको हो ।

धान रोप्ने खेतमा सुन्तालाको नयाँ बिरुवा विस्तार गरेका बास्कुनाबासीले अहिले मकैभित्र पनि सुन्तालाको नयाँ बिरुवा बिस्तारसँगै बगँैचा व्यवस्थापन र नयाँ बिरुवाको रेखदेखमा जुटिरहेका छन् ।

२२ घरधुरीको बसोवास रहेको बास्कुनाका १९ घरधुरीले करिब साढे दुई सय रोपनीमा अन्नबाली छोडेर सुन्तलाखेती गरेका छन् ।

कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा गाउँमा हरेक वर्ष कृषकले खेतबारीमा सुन्तालाका बिरुवा विस्तार गरिरहेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले बास्कुनालाई सुन्तलाको नमुना गाउँ घोषित गरेको छ ।

15.25¡ÆC