सरकारको सकारात्मक काममा समर्थनः अध्यक्ष ओली

जेष्ठ २७, २०७४ मा प्रकाशित | 656 views

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल भए पनि नेकपा एमालेले सरकारको सकारात्मक काम र प्रस्तावको समर्थन गर्ने बताउनु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी जिम्मेवार पार्टी भएकाले सरकारले ल्याएको गलत कामको विरोध गर्ने र सच्याउन दबाब दिने बताउनु भयो ।

अध्यक्ष ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताउनुभयो ।

उहाँले कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई तराई–मधेशमा मान्यता दिन नहुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web