बैतडी ।

महाकालीमा नदिमा नुहाउने क्रममा बैतडीका १ किसोर बेपत्ता भएका छन् ।

भारत बाट सामान ल्याएर फर्किएका पञ्चेस्वर १ सेरीका महेन्द्र सिंह घटालका १८ बर्षीय छोरा रोहित घटाल आज दिउसो १ बजेतिर बेपत्ता भएका हुन् ।

भारतको जमरसिउ बजार बाट सामान ल्याई फर्किने क्रममा साथीहरु सगं नुहाउन नदिमा गएका घटाल बेपत्ता भएको स्थानिय नरेश तिवारीले बताउनुभयो ।

कुलाउ माध्यमिक बिद्यालयमा कक्षा ११मा अध्ययनरथ रोहित पञ्चेस्वरको पूरघाट भन्ने ठाउमा बेपत्ता भएको र उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब सर्माले बताउनुभयो ।

यस्तै, बुधबारदेखि चौलानी नदिमा बेपत्ता रहेका राजुनाथ (नबिन )को अवस्था पनि आज्ञात रहेको प्रहरीले जनाएको छ ।

बैतडीको डिलासैनी ५ गोकुलेस्वर,नगराउ घर भएका १६ बर्षिय नाथ बुधवार पौडि खेल्ने क्रममा बाट गोकुलेस्वर बाट बेपत्ता भएका थिए ।

नुहाउने क्रममा बैतडीमा बर्षेनी युवाहरुले अकालमै ज्यान गुमाउने गरेका छन् ।

16.89¡ÆC