बदरमत कम गर्न रौतहटमा नमुना मतदान

जेष्ठ २७, २०७४ मा प्रकाशित | 786 views

रौतहट ।

बदरमत कम गर्न जिल्ला निर्वाचन कार्यालय रौतहटले शनीबार नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित नजरपुरटोलमा ५० जना लाई नमुना मतदान कार्यक्रममा सहभागि गराएर परिक्षण गरेको हो ।

बढि भन्दा बढि स्थानीय बृध्दा बृध्दा लाई नमुना मतदानमा सहभागि गराइएको थियो ।

मतदान स्थलमा पहिलो पंक्तिमा म्यादी प्रहरी, अनि नेपाल प्रहरी र ससस्त्र प्रहरीको समेत सुरक्षाघेरा बनाएर मतदाता लाई मतदानमा सहभागि गराइएको थियो ।

मतदान गर्नु अघि उनीहरु लाई मतदाता शिक्षा अन्र्तगत नमुना मतपत्रमा स्वस्तिक छाप प्रयोग, मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन, नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।

नमुना मतदान बाट यसक्षेत्रको बदरमत प्रतिशत कम हुने बिश्वास लिइएको छ । मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले संचालन गरिएको उक्त कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।

जिल्ला निर्बाचन कार्यालयका अधिकृत राजन श्रीबास्तबले यसपटक हुने निर्बाचनमा मतपत्र बदर नहोस भन्नको लागि स्थानीय लाई नमुना मतदानकेन्द्र स्थापना गराएर शिक्षित बनाइएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web