अनुमतिबिना उम्मेदवारद्वारा सवारी साधनको प्रयोग

जेष्ठ २६, २०७४ मा प्रकाशित | 709 views

झापा ।

झापामा स्थानीय निकायको निर्वाचनको कार्यक्रम शुरु हुन अघि नै आकांक्षी उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि निर्वाचन कार्यालयबाट अनुमति नलिई सवारी साधनको प्रयोग गरिरहेको पाइएको छ ।

आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने क्रममा प्रयोग गरिएका सवारी साधनको अनुमति नलिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो ।

अनुमति नलिएका सवारी साधनमा प्रचारप्रसारका क्रममा दलको झन्डा राख्न नपाइने आचारसंहितामा उल्लेख छ ।

तर उम्मेदवार तथा नेता कार्यकर्ता सवारी साधनमा झन्डा राखेर प्रचारप्रसार गर्नुका साथै आचारसंहिता बिपरीत चुनाब प्रचारप्रसारका सामग्रीसहित घरदैलो अभियानमा जुटेका छन् ।

सार्वजनिक स्थानमा कुनै पनि दलको चुनाव चिह्न अङ्कित पोस्टर, ब्यानर र स्टिकर टाँस्न पाइँदैन । तर अहिले झापाका गाउं चोकदेखि सहरका गल्ली–गल्लीमा निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारका सामग्री राखेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web