भारतले सुरु गर्यो देउवाको भ्रमणको तयारी

जेष्ठ २६, २०७४ मा प्रकाशित | 739 views

नयाँदिल्ली ।  नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण आगामी असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्रै गराउने गरि नयाँ दिल्लीले आन्तरिक तयारी थालेको छ ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय अधिकारीहरुले यस्तो खुलासा गरेका हुन् । नेपालमा हुन गैरहेको स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्रै प्रधानमन्त्री देउवाको भारत भ्रमण गराउनेगरि गृहकार्य भैरहेको छ ।

भारतीय अधिकारीहरुले भारत नेपालमा चुनाव भएको हेर्न चाहेको बताएका छन् । भारतीय सत्तारुढ दल भाजपाका नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशीयारीले भारत नेपालमा हुन गैरहेको चुनावको पक्षमा रहेको बताए ।

उनले भने, ‘हामी त चुनाव समयमै सम्पन्न होस् भन्ने पक्षमा छौं, अब तीनै तहको निर्वाचन समयमै सम्पन्न होस् भन्ने हाम्रो विशेष चाहना छ, यसको लागि हामी जस्तोसुकै सहयोग गर्नपनि तयार छौं ।’

उनले कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएकोमा आफ्नो पार्टी भाजपा र खासगरी भारतीय जनताहरुपनि निकै खुशी भएको प्रतिक्रिया दिए । उनले भने, ‘देउवाजी प्रधानमन्त्री बन्नुभएकोमा हामी खुशी छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web