<span style="color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif; font-size: 20px;">काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चलचित्र रातो घर हेर्न बिग मुभिज पुगे। चलचित्र हेरेर बाहिरीने क्रममा चलचित्रका बारेमा बोल्दै ओलीले रातो घर निकै कमेडियन र रमाइलो रहेको बताए। छेउमा उभिएका रातोघरका अभिनेता विल्सनबिक्रम राई तर्फ हेर्दै ओलीले रातोघरको झकमले भन्दा तक्मेबुढा कै भूमिकाले आफ्नो मन जितेको प्रतिक्रया दिए।
उनले रातो घर जस्ता उत्कृष्ट चलचित्रले नेपालीलाई स्वदेशी चलचित्र हेर्ने बानीको विकास गराउने बताए। राम्रो र समसामायिक कथाबस्तु समेटेर निर्माण भएका चलचित्रले दर्शकको मन जित्ने समेत उनको भनाइ थियो। त्यस्तै अर्को प्रसङगमा बोल्दै ओलीले आफ्नो बोलीका कारण धेरैले अभिनेता बन्न पनि सुझाव दिएको भन्दै उनले आफुलाई अभिनय गर्न भने नआउने तर सिधा र प्रष्ट कुरा गर्न मन पर्ने बताए।
ओलीले भने, 'मलार्इ अभिनय गर्न आउँदैन म सिधा र प्रष्ट कुरा गर्न रुचाउछु, झापाबाट सुरु गरेको राजनीतिकले म यहाँसम्म आएकाले मलाई चलचित्रमा झापाको कथा उठाउन मन लागेको छ।' चलचित्र रातोघर हेर्न एमाले अध्यक्ष ओलीसँगै सुवास नेम्बाङ , भिम रावल पनि हलसम्म पुगेका थिए।
17.5¡ÆC