बन्चरोले हानेर छिमेकी वृद्धको हत्या

जेष्ठ २६, २०७४ मा प्रकाशित | 806 views

फिदिम । फिदिम साब्राङका ६४ वर्षका भिमबहादुर केरुङलाई छिमेकीले बन्चरोले हानेर हत्या गरेका छन् । छिमेकी चन्द्र भनिने विनय नेम्बाङले घाँटिमा बन्चरो प्रहार गरी बिहीबार राति केरुङको हत्या गरेको प्रहरीले जनाएको छ ।

विनयले भिमबहादुरको घरमा सुतिरहेकी आफ्नी श्रीमतीलाई आफू चुरोट किन्न पसल जाने भन्दै राति १२ बजे बोलाएका थिए । चुरोट किन्न भनेर राति घरबाट निस्किएका विनयले भिमबहादुरको घाँटीमा बन्चरो प्रहार गरि हत्या गरेको पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका भिमबहादुर छटपटाएपछि मात्र उनकी श्रीमतीले थाहा पाएको र उठेर हेर्दा श्रीमानको मुखबाट रगत बगेको देखेपछि छोरालाई धामी बोलाएर झारफुक गर्न लगाउँदा मात्र केरुङको घाँटी काटिएको थाहा पाएका थिए । घाँटी काटिएको थाहा पाएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा अत्यधिक रगत बगेर भिमबहादुरको ज्यान गएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताउनुभयो ।

प्रहरीका अनुसार बन्चरो प्रहार गरेर विनय भिमबहादुरको घर छेउमा रहेको पसलमा गएर चुरोट माग्दै कराएका थिए । तर, पसल नखुलेपछि उनी फर्किएका र त्यतिनैखेर पसलवालाले छिमेकमा हो हल्ला सुनेपछि भिमबहादुरलाई बन्चरो प्रहार भएको खुलेको थियो । केरुङको घर छेउमा हत्या गर्न प्रयोग गरिएको बन्चरो र रगत लागिएको भेष्ट प्रहरीले फेला पारेको छ ।

घटनामा संलग्न विनयलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले हत्या गरेको स्वीकारे पनि हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताउनुभयो । रक्सी खाएर घरमा गएर विनयले आफ्नी श्रीमतीलाई कुटपिट गर्न थालेपछि पहिले पहिले पनि विनयकी श्रीमती छिमेकी भिमबहादुरको घरमा आएर सुत्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web