भरतपुर महानगरपालिका निर्वाचनः मतपत्र सुरक्षामा ढाडे बिरालो !

जेष्ठ २६, २०७४ मा प्रकाशित | 838 views

काठमाडौं। स्थानीय तह निर्वाचनको विषयलाई लिएर भरतपुर महानगरपालिका निकै चर्चामा छ । महानगरको मतपरिणामलाई प्रमुख तीन दलले प्रतिष्ठाकै विषय बनाएर निर्वाचनमा होमिएका थिए ।

निर्वाचनपूर्व र मतदानपछि पनि भरतपुर राष्ट्रिय राजनीतिको केन्द्रमा नै छ । सडक र सदनमात्र होइन, न्यायालयमा समेत यसको बाछिटा पुगेको छ । मतपरिणामको उत्सुकतासँगै गणनाका क्रममा दलहरुले गर्ने लफडाले पनि भरतपुरले सबैको ध्यान तान्यो । झन् गणनाका क्रममा मतपत्र च्यातिएपछि त यो विषय संसद र न्यायालयसम्म पुग्यो ।

अहिले मतपत्र सुरक्षाको विषयले चर्चा पाएको छ । ठूलो संख्यामा प्रहरी त परिचालन गरिएकै छन् । साथै, दलका प्रतिनिधि पनि गणनास्थल परिसरमै खटाइएका छन् । तर त्यतिले मात्र मतपत्रको सुरक्षा हुने अवस्था रहेन ।

मतपत्रको सुरक्षाका लागि बिरालो खटाइएको छ । भर्डहलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको छ । खुला भवन, वरपर खुला चौर र वर्षातको समय झाडी बढेका कारण हलभित्र मुसा पस्न सक्ने सम्भावना छ ।  मुसाका कारण मतपत्र असुरक्षित महसुस भएका कारण दुईवटा बिरालोलाई हलभित्र जाने आउने वातावरण बनाइएको छ ।  राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web