एसइइको नतिजा एक साताभित्र आउने

जेष्ठ २५, २०७४ मा प्रकाशित | 711 views

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिइएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ ।

एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले हाल तथ्याङ्क प्रशोधन र रुजूको काम गरिरहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिइन ।

उनले भनिन्, ‘जतिसक्दो छिटो नतिजा सार्वजनिक गर्न काम भइरहेको छ, कुनै समस्या आएन भने असारको सुरुमै नतिजा सार्वजनिक गछौँ, नतिजा सार्वजनिक गर्दा कुनै त्रुटि नहोस भनेर काम भइरहेको छ ।’

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा प्रवेशिका (एलएलसी) भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुनान्तरण भएको थियो ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web