बुटवल ।

प्रहरीले बुटवलमा नक्कली पैसाको कारोवार गर्ने एक युवकलाई पक्राउ गरेको छ ।

बुटवलको बुद्धनगरका २१ बर्षिय सन्तोष मल्ललाई प्रहरीले नक्कली पैसा बनाउने फ्रि इन्क मेसिन सहित एक हजार रुपैयाका ३५९ थान, पाच सय रुपैयाका एक सय वटा र एक सयका ५ वटा नक्कली पैसा पनि बरामद गरेको छ ।

बुटवलको प्रभु बिकास बैकमा पटक पटक नक्कली पैसा जम्मा गर्दै आएका मल्ललाई प्रहरीले अस्ति राति पक्राउ गरी आज सार्बजनिक गरेको हो ।

16.6¡ÆC