काठमाडौँ ।

डेढ महिनाअघि गंगाहिटिमा मारिएकी २३ बर्षीया सञ्चिता पाख्रिनको हत्या हुनुको गर्भ तुहाउने कारण रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उनको प्रेमी २४ बर्षीय प्रशान्त तामाङ पक्राउ परेपछि हत्याको कारण खुलेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणअनुसार पाख्रिन र तामाङबीच विवाह नभए पनि उनीहरु एकै कोठामा बस्ने गरेको र सञ्चिता गर्भवती भएपछि विवाहको तयारी गरे पनि जानकारी नै नदिई गर्भ तुहाएको झोकमा प्रेमीबाटै उनको हत्या भएको हो ।

17.18¡ÆC