<span style="color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif; font-size: 20.15px;">काठमाडौ<span style="color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif; font-size: 20.15px;">।<span style="color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif; font-size: 20.15px;"> देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बरियताक्रममा एक नम्बरमा परेका छन् । गच्छदारले उपप्रधानमन्त्री सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै दोस्रो नम्बरमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
<span style="color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif; font-size: 20.15px;">तेस्रो नम्बरमा कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधानमन्त्रीसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
<span style="color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif; font-size: 20.15px;">अघिल्लो सरकारमा उपप्रधानमन्त्रीमा बरियता विवादमा चर्को आलोचना भएको थियो । त्यसवेला बरियतामा कमल थापा र विमलेन्द्र निधीबीच विवाद भएको थियो ।
29.12¡ÆC