बागलुङ्गमा प्रहरीले पक्राउ गर्न खोज्दा १७ बर्षे युवा नदिमा हाम फालेर बेपत्ता

जेष्ठ २४, २०७४ मा प्रकाशित | 708 views

बागलुङ्ग ।

लागु औषध  चरेश ल्याउदै गरेको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका युवाको खोजिको माग गर्दै आफन्तले सडक अवरुद्ध गरेका छन् ।

बागलुङ र पर्वतको सीमा मालढुंगाबाट मंगलबार राती ध १ ज ४१३ नम्वरको ट्याक्सि बाट भागेर बागलुङ नगरपालिका–३ का १७ बर्षिय सुनिल पुन बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कालीगण्डकीमा हाम फालेर बेपत्ता भएका युवाको २४ घण्टा वितिसक्दा पनि प्रहरीले खोजी नगरेको भन्दै आफन्जहरुले सडक अवरुद्ध गरेका हुन ।

राती प्रहरीको नियन्त्रणबाट भाग्दै कालीगण्डकीमा हाम फालेका उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताए । बेपत्ता पुन संगै ट्याक्सीमा सवार अन्य २ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

बानपा–१ मालढुङ्गा बस्ने २८ वर्षीय दिपेन्द्र भरत भन्ने दिपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ का २४ वर्षीय भिमसेन लामालाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ

ट्याक्सी चेकजाँच गर्ने क्रममा गियरको डण्डीनिर लुकाईछिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान लागू औषध प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका अन्य दुईजनाबाट अनुसन्धान भइरहेको छ । घटनास्थल आसपासका क्षेत्रमा आफन्तले समेत खोजीकार्य गरेपनि बुधबार साँझसम्म पुनको अवस्था पत्ता लाग्न सकेको छैन् ।

सडक अवरुद्ध भएपछि कुश्मा देखी बागलुङसम्म चल्ने सवारी बीचमै रोकिएका छन । चक्काजाम खुलाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहल गरिरहेको जनाएको छ ।

आफन्तले सहज रुपमा पक्राउ गर्न सकिने आधार हुदाँ हुदै जवरजस्ती हामफाल्ने अवस्था बनाएको आरोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web