स्नातक अध्ययनरत युवतीहरु २ करोड ५० लाख रुपैयाँको अफिम सहित पक्राउ

जेष्ठ २४, २०७४ मा प्रकाशित | 646 views

बुटवल ।

ईलाका प्रहरी कार्यालय बेलहियाले ३ जना युवतीहरुलाई १५ किलो अफिम सहित पक्राउ गरेको छ ।

सिमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा सङ्का लागेपछि खोजतलास गर्दासंवेधनशिल अङ्गमा लुकाएको अफिम फेला पारेको हो ।

पक्राउ पर्नेमा दाङ घोराहीकी २७ वर्षिय बिषमाया बुढामगर, दाङ लालमटियाकी २१ वर्षिय सकुन्तला बुढामगर र सोही ठाउँकै १९ वर्षिय कामना पुन मगर रहेका छन् ।

दाङमा स्नातक तहमा अध्ययन गर्दै गरेका युवतीहरु अनजान व्यक्तिको फोनको इसारामा १५ हजार दिने सर्तमा बुटवलबाट सुनौली  अफिम पुर्याउने जिम्मा लिएको प्रहरीसंग बताएका छन ।

बरामद गरेको अफिमको अन्तराष्ट्रिय भाँउ, नेपाली २ करोड ५० लाख रुपैँया पर्ने इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख रबिन बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web