रौतहट ।

गए राती वृन्दावन गाउपालीका वाड नम्बर ८ स्थित आकडपाथड गाउँमा भोला पडित कुम्हारको गाई बांधने गोठमा आगलागी भएको छ ।

गाई बांधने गोठमा लामखुट्टे धबाउन बालेको आगो बाट आग लागी हुदा गोठ पुर्ण रुपमा जलेको छ । गोठ भित्र बाँधेको २ गोरु १ भैसी पुर्ण रुपमा जली मृत्यु भएको छ ।

निज भोला पडित आगो निभाउन जादा दुईटै हात पोलेको र वाहाको उपचार बासुदेव अस्पताल गरुडामा भइरहेको तथा अवस्था समान्य रहेको अस्पतालका चिकित्सकले बताएका छन ।

गए राती २ ः ३० मा आगो लागेको ले गोठ भित्र अन्दाजी ४ लाख ३० हजार बराबर को क्षति भएको र सो आगोलाई राती ३ बजे नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको गरुडा ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक केशव रेग्मी ले बताउनु भयो ।

16.64¡ÆC