प्रधानमन्त्री देउवाको शपथ आज, पहिलो चरणमा सानो मन्त्रिपरिषद् विस्तार गर्ने

जेष्ठ २४, २०७४ मा प्रकाशित | 874 views

काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार छरितो मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। शीतल निवासमा मध्याह्न हुने शपथग्रहण कार्यक्रममा देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरूलाई समेटेर सानो मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्य गरेका छन्।

पहिलो चरणमा सानो मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका देउवा शपथग्रहण कार्यक्रममा कांग्रेसबाट दुईजना, माओवादी केन्द्रबाट दुई तथा फोरम लोकतान्त्रिकबाट एक जनालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जुटेका छन्। नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणको मन्त्रिमण्डलमा समावेश हुने सम्भावना छ। कांग्रेसभित्र श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिइनुपर्ने कांग्रेसभित्र चर्को दबाब रहेको छ । तर आचार्यले पनि अर्थमा नै इच्छा देखाएका छन् ।

कार्कीको भने भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मा तोकिने सम्भावना रहेको छ। यस्तै माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र जनार्दन शर्मा जाने स्रोत बताउँछ। माओवादीबाट महराले उपप्रधानसहित परराष्ट्र मन्त्रालय र शर्माले गृह मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको बताइएको छ। यद्यपि माओवादी केन्द्रले औपचारिक रूपमा टुंगो लगाएको छैन।

माओवादी प्रवक्ता पम्फा भुसालले बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयको बैठक बस्ने र त्यसले सरकारमा जाने मन्त्रीहरूको विषयमा निर्णय लिने बताइन्। पहिलो चरणको मन्त्रिमण्डलमा फोरम लोकतान्त्रिकबाट अध्यक्ष विजयकुमार गच्छदार नै उपप्रधानसहित हाल सम्हालिरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित सरकारमा समावेश हुने भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी भने सरकारमा सहभागी हुने भए पनि पहिलो चरणको मन्त्रिमण्डल विस्तारमा सहभागी नहुने देखिएको छ। राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले पछिल्लो चरणमा सरकारमा सहभागी हुने र मन्त्रालयबारे कांग्रेससँग सहमतिमा पुगिनसकेको बताए।

वर्तमान सरकारमा कांग्रेसबाट सहभागी हुने चर्चामा आउनेहरूमा गगन थापा, मीन विश्वकर्मा, भीमसेनदास प्रधान, डिना उपाध्याय, अम्बिका बस्नेत, किरण यादव, ध्यानगोविन्द रञ्जित, वीरबहादुर बलायर, बहादुरसिंह थापा, भरत शाह, चन्द्र भण्डारी, ध्रुव वाग्ले, भीष्मराज आङ्देम्बे, डिकबहादुर लिम्बू र मोहनबहादुर बस्नेतको चर्चा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web