गृह मन्त्रालयमा माओवादीभित्रैका ७ नेताको दावी, कसको आउला पालो?

जेष्ठ २३, २०७४ मा प्रकाशित | 869 views

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४०औं प्रधानमन्त्री हुने पक्कापक्की भए पनि नेकपा माओवादी केन्द्र लगायतका दलसँग सत्ता साझेदारी कसरी हुने भन्ने टुंगो लागिसकेको छैन। यद्यपी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले गृह मन्त्रालय सहितका महत्वपूर्ण मन्त्रालयले लिएकाले यसपटक कांग्रेसका सभापति प्रधानमन्त्री हुँदा गृह मन्त्रालय आफूले पाउनुपर्ने माओवादीको दावी छ।

माओवादी नेता अग्निप्रसाद सापकोटाले नयाँ सरकार बन्दा यसअघि माओवादीले लिएका मन्त्रालय कांग्रेसले र कांग्रेसले लिएको मन्त्रालय माओवादीले लिने समझदारी भएको बताए। उनका अनुसार २६ वटा मन्त्रालयमध्ये माओवादीले नौ मन्त्रालय लिने सहमति यसअघि नै भइसकेकाे छ। यदि सहमति अनुसार भयाे भने माअाेवादीले गृह, रक्षा, परराष्ट्रसहितका मन्त्रालय पाउनेछ। तर सत्ता साझेदारी टुंगो नलाग्दै माओवादी केन्द्र भित्र गृह मन्त्रालय दावी गर्ने नेताको संख्या भने बढिरहेको छ। त्यसमध्ये पार्टीकाे तर्फबाट नेतृत्व गर्दै गृहमन्त्री बन्नका लागि ७ जना भन्दा धेरै नेताले चासाे देखाएका छन्।

प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्माले दोहोर्‍याएर सरकारमा जान इच्छा राखेको माओवादी केन्द्र स्रोत बताउँछ। उनीहरुको चाहना गृह मन्त्रालयमै छ। त्यसैगरी नेताहरू अग्निप्रसाद सापकोटा र हरिबोल गजुरेलले पनि आफूहरूले सरकारमा पार्टीबाट नेतृत्व गरेर जान पाउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डसँग लविङ गरिरहेका छन्।  केपी शर्मा अाेली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका नेता शक्ति बस्नेतले पनि गृह मन्त्रालयमा रुचि देखाएको स्रोतको दाबी छ। थाहाखबरसँगको कुराकानीमा भने नेता बस्नेतले आफूलाई सरकारमा जान कुनै रुचि नभएको तर पार्टीले जिम्मेवारी दिएर पठाएमा जान तयार रहेको बताए। उता नेता नारायणकाजी श्रेष्ठले आफ्नो समूहबाट गिरिराजमणि पोख्रेललाई गृह मन्त्रालयको जिम्मेवारी सहित सरकारमा पठाउन प्रचण्डसँग आग्रह गरेका छन् भने विगतमा डा. बाबुराम भट्टराई निकट मानिए पनि पार्टी विभाजन हुँदा भट्टराईलाई साथ नदिएर माओवादीमै रहिरहेका नेता टोपबहादुर रायमाझीले पनि गृह मन्त्रालय लिएर सरकारमा जाने रुचि देखाएको चर्चा माओवादी वृत्तमा चलेको छ।

त्यसबाहेक, माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीको चर्चामा केही नयाँ अनुहार पनि रहेका छन्। शिवकुमार मण्डल, प्रभु शाह, महेन्द्रबहादुर शाही, सीता नेपाली, टेकबहादुर बस्नेत, रामनारायण बिडारी, आशा कोइराला खनाल, सिर्जना तरामु खत्री, कमला दोङलगायतका नेता मन्त्री बन्न लविङमा लागेको स्रोतले बताएको छ।

माअाेवादीले नयाँ मन्त्रिपरिषदमा नयाँ अनुहारलाई प्राथमिकता दिने कि नयाँ पुरानालाई मिलाएर पठाउने भन्नेबारेमा निर्णय गरिसकेकाे छैन। पुराना अनुहार दाेहाेर्‍याउने भएमा केपी अाेली नेतृत्वकाे सरकारमा सामान्य प्रशासनमन्त्री बनेकी रेखा शर्मा मन्त्री बन्ने पक्का जस्तै भएकाे स्रोतकाे दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web