यस्तो भयो संसदमा ओली, प्रचण्ड र देउवाबीच जुहारी

जेष्ठ २३, २०७४ मा प्रकाशित | 982 views

काठमाडौ । तीन दलबीच भएको सहमति अनुसार आजबाट संसद खुल्यो । तर, संसद खुलेपछि संसदमा प्रमुख तीनै दलका अध्यक्षको रोचक जुहारी चल्यो ।

एक अर्कालाई घोच्ने, एक अर्कामाथि आरोप लगाउने काम पनि भयो । शुरुमा बोलेका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबभन्दा बढी समय चितवनको भरतपुर महानगरपालिकामा भएको मतगणनाको विषयमा खर्चे ।

भरतपुर प्रकरण
उनले भरतपुरमा सत्ताको आडमा बलमिच्याई भएको अरोप लगाउँदै सरकारकै तर्फबाट मतपत्र च्यात्ने काम भएको आरोप लगाए । उनले भरतपुर मतगणना केन्द्रका प्रमुख निर्वाचन अधिकृतको आग्रह र पूर्वाग्रहका कारण घटनाले अर्कैतिर मोड लिएको पनि आरोप लगाए । मतपत्र च्यात्नका लागि त्यहाँ भित्रभित्रै ठूलै षड्यन्त्र भएको बताए । ‘धेरै कुरा यहाँ नखोलाँ’ै भन्दै अध्यक्ष ओलीले मतपत्र च्यात्ने काम सरकारीस्तरको योजनामा भएको आरोप लगाए ।

त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले भरतपुरको घटनामा सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेका थिए । उनले घटना हुनुभन्दा चार–पाँच दिन पहिलेको कुरा सम्झे, ‘माओवादी केन्द्रका मेयर उम्मेदवार रेणु दाहाल, जो मेरी छोरी पनि हुन्, उनलाई भने तिमी हारेपनि जितेछाँै, जितेछौँ भने जितेछाँ,ै तिम्रो छवि अब राष्ट्रको छवि बनिसकेको छ । ढुक्क भएर बस्नु भन्ने सुझाव दिएको थिएँ । त्यसपछि मैले भरतपुरमा कसैसँग सम्पर्क गरेको थिएनँ ।’

प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिँदै भने, ‘सरकारले भरतपुरमा भित्रै–भित्रै के– के खेल गरेको छ भन्नुस्, म सबै सुन्न तयार छु र जवाफ दिन तयार छु, भन्नलाई तपाईलाई केको लाज गर्नेलाई पो लाज हुने हो ।’

प्रधानमन्त्रीले भारतपुरमा जे भयो त्यो गलत भएको बताए । कानुन अनुसार गर्न आफूले आयोगका प्रतिनिधिलाई बोलाएर निर्देशन दिइसकेको अवस्थामा त्यतिकै विभिन्न लाक्षना लगाउन नमिल्ने प्रधानमन्त्रीको भनाई थियो । अरुलाई आरोप लगाउनुभन्दा पहिले आफ्नो पनि विगत हेर्नुपर्ने टिप्प्णी गरे । उनले एमाले पार्टीले विगतमा के–के गरेको छ, त्यो कुरा सबैलाई थाहा भएको भन्दै प्रधानमन्त्रीले एमाले पार्टीलाई लोकतान्त्रिक बन्न कति समय लागेको थियो भनेर प्रश्न गरेका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवाले पनि भरतपुरमा मत च्यातेको बारेमा एमालेप्रति लक्षित गर्दै भने,‘ विगतमा पनि मतपत्र च्यात्ने कुरा भएको हो, त्यसबेला के–के भयो त्यतातिर बढी बोल्न चाहन्नँ, यो विषय सर्वोच्च अदालतमामा पुगिसकेको छ ।’

प्रधानमन्त्रीको राजीनामा

एमालेका अध्यक्ष ओलीले प्रचण्डले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामा दिएको प्रति लामो टिप्पणी गरे । उनले भने, ‘अहिले सरकारविहिनताको अवस्था छ । काम गर्न नसकेर हो कि दोस्रो चरणको चुनाव गराउन नसक्ने भनेर हो प्रधानमन्त्री पदबाट किन राजिनामा दिनुभयो ।’

ओली यहितमा मात्र रोकिएनन्, भने, ‘सहयात्रीले काम गर्न नदिएको हो कि, काँग्रेस पार्टीले दवाव दिएको हो कि, उहाँलाई हतार भयो कि, अरु कसैलाई हतार भयो त्यो उहाँ (प्रचण्ड) ले जान्ने कुरा हो ।’

ओलीले बजेटपछि राजीनामा गरेको भएपनि हुने आफ्नो धारणा राखे । ‘बजेट १५ गते आयो, १६ गते राजीनामा दिँदा पनि हुन्थ्यो एक दिन अगाडि किन राजिनामा दिएको ?’

त्यसको जवाफ पनि प्रचण्डले उही तरिकाले दिए । ‘काँग्रेस र माओवादीबीच सरकार गठन गर्ने बेला भएको सहमति अनुसार चैतमा स्थानीय तहको चुनाव गराउने र बैशाखमा सरकार छाड्ने सहमति भएको थियो । तर, समयमा चुनाव गराउन नसकिएपछि राजीनामा केही तन्किएको हो । मैले कसैको दवावमा प्रधानमन्त्री पदबाट राजीनामा दिएको होइन । आफ्नै विवेकले दिएको हुँ । म खुसी छु ।’

प्रचण्डले राजनीतिक सस्कार निर्माण गर्नका लागि सहमति अनुसार आफुले राजीनामा गरेको प्रचण्डले बताए । ‘मैले दोस्रो तहको चुनाव गराएर पनि राजीनामा दिन सक्थेँ, काँग्रेसलाई त्यसमा कुनै आपत्ति हुने थिएन । तर, मलाई डर लाग्यो कि सुशिल कोइराला प्रधानमन्त्री भएको बेलाको अवस्था नहोस् ।’

स्व.सुशिल कोइराला प्रधानमन्त्री भएको बेला एमालेलाई प्रधानमन्त्री बन्न हतार भएको हुनाले हतार हतारमा सविधान निर्माण भएको प्रधानमन्त्री प्रचण्डले बताए । त्यतिबेला कोइराला र ओलीबीच सरकार परिवर्तनको विषयमा केही कुराकानी भएको थियो ।

उनले भने, ‘देउवाले दुवै तहको चुनाव गराउन लचकताको साथ भन्नुभएको थियो । काँग्रेसले दवाव दिएर मैले राजिनामा दिएको होइन । यदि मैले दुवै चरणको चुनाव गरेर मात्र छाड्छु भनेको भएँ काँग्रेसले सहज ढंगले छाड्थे होला ।’

महाअभियोग

प्रधानन्यायधीस सुशीला कार्कीमाथि लगाइएको अभियोगको बारेमा पनि एमालेका अध्यक्ष ओलीले सत्तारुढ दलको आलोचना गरे ।

‘एक महिनापछि छोडेर जाने प्रधानन्यायधीशलाई महाअभियोग लगायो । स्वच्छ–पवित्र मनोभावना देखिएन । यसरी शक्तिको दुरुपयोग गर्यो भने दलीय शक्तिको दुरुपयोग भयो भने नराम्रो स्थिति हुन्छ त्यसैले फिर्ता लिनुस् भन्यौं ।’ ओलीले भने, ‘प्रधानन्यायधीस कार्कीको कार्यकाल समाप्त हुँदैथ्यो । तर, सत्ताधारी दलले अपमानजनक ढंगबाट महाभियोग लगाए ।

ओली यतिमा मात्र रोकिएनन्, उनले भने, ‘हिजो पेन्सनपटा बनाउन अर्थ मन्त्रालयले अस्वीकार गर्यो । यो भन्दा अरु अपमान के हुन्छ ? महाअभियोग प्रस्ताव फिर्ता भइसकेको छ । अर्थ मन्त्रालयलाई फिर्ता भएको जानकारी किन भएन ? यसमा दुख व्यक्त गर्नुपर्छ । असहमत हुने वित्तिकै यस्तो अपमानजनका व्यवहार कसैले गर्नु हुँदैन ।’

महाअभियोगमाथि एमालेका अध्यक्ष ओलीले गरेको टिप्पणी बारेमा पनि प्रधानमन्त्री प्रचण्डले प्रतिकृया दिए । उनले भने, ‘प्रधानन्यायधीश कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता लिने तयारी भइरहको थियो । तर, प्रतिपक्षि दलले संसद अवरोध गरि दिएर केही दिन ढिलाई भएको हो । महाअभियोग फिर्ता लिने विषयमा हामी कुरा गरेकै थियौं तर संसद अवरोध गरेर महाअभियोग फिर्ता लिने समयलाई किन लम्ब्याउनु भयो ? यसको जवाफ दिनै पर्छ ।’

सप्तरी घटना

एमालेले चलाएको मेची महाकाली अभियानको क्रममा सप्तरीमा भएको घटनाको विषयमा पनि अ‍ोलीले सरकारलाई नै दोषी देखाए । उनले आफूहरुले कार्यक्रम सकाएर आउन लाग्दा सरकारले किन गोली चलाउन सर्वसाधारणलाई मारेको आरोप लगाए ।

उनले भने, ‘राजविराजमा कार्यक्रम सकिसक्दा किन गोली चल्यो ? मान्छे मार्ने परस्थिति कसरी बन्यो ? एमालेले नगोली चलाये न हुलदगां गर्यो । तर, एमालेको कारण सप्तरीको घटना भयो भनि आरोप लगाइयो ।’

एमालेलाई देखाएर सर्वसाधारणको टाउकोमा गोली हानेको भन्दै उनले भने, ‘विरोध गर्ने मधेशी मोर्चा, मार्ने सरकार, मर्ने सर्वसाधारण । अनि, चोखो बच्ने सरकार, कस्तो अच्चम ?’

ओलीले उठाएको विषयमा प्रचण्डको प्रतिक्रिया आएन । काँग्रेसका सभापति शेरबहादुर देउवाले जवाफ दिए । उनले एमालेको सभालाई सुरक्षा दिने क्रममा गोली चलेको बताए । तर एमालेले उल्टै प्रहरीले किन गोली चलाएका टिप्पणी गर्नु नसुहाएको देउवाको भनाई थियो ।

उनले भने, ‘त्यहाँ एमालेको सभालाई सुरक्षा दिनका लागि सुरक्षाकर्मी गएका हुन, सोही क्रममा गोली चल्दा त्यस्तो हुन गयो । तर, एमालेले प्रहरीले गोली किन चलायो भनेर पन्छिन मिल्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web