ताप्लेजुङ ।

ताप्लेजुङको सिदिङवा गाउँपालिकामा पिकअप दुर्घटना हुदा गयराति एक जनाको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ को साब्लाखुबाट आङखोप जादै गरेको मे १ ज ४२१५ नम्बरको पिकअप दुर्घटना हुदा सह—चालक तेहृथुम घर भएका २३ वर्षिय कुमार डाँगीको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रमुख रामबहादुर केसिले जानकारी दिनुभयो ।

किराना सामानहरुको मार्केटिङका लागि गएको पिकअप सडकमा दुर्घटना भएको हो ।

पिकअप चालक झापा शनिअर्जुन बस्ने ३२ वर्षिय श्याम तामाङलाई प्रहरीले नियान्त्रमा लिएको छ भने मृतवको शवलाई जिल्ला अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

21.05¡ÆC