भोजपुरमा स्थानिय चुनाव प्रचार र निर्वाचनमा दलहरुको तयारी यस्तो छ

जेष्ठ २३, २०७४ मा प्रकाशित | 743 views

भोजपुर ।

दोस्रो चरणको स्थानीय तह चुनावका लागि पूर्वी पहाडी जिल्ला भोजपुरमा सवै आआफनै तयारीमा जुटेका छन ।

निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय साथै निर्वाचनमा भाग लिन लागेका राजनीतिक दलहरु समेत आगामी असार १४ मा हुने दोश्रो चरणको स्थानिय तह निर्वाचनको तयारीमा जुटेका हुन । भोजपुरमा रहेको भोजपुर नगरपालिका र दिङ्गलामा रहेको षडानन्द नगरपालिकाका साथै अन्य ७ वटा गाउँपालिकाहरुमा अहिले चुनावी गतिबिधी शुरु भएको राजनीतिक दलहरुले बताएका छन ।

आआफना उम्मेदवारलाई बिजय गराउन राजनीतिक दलहरु अहिले सदरमुकाम भन्दा पनि गाउँ केन्द्रित बनेका हुन । जिल्लामा अहिले नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र,संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति लगायतको प्रचार प्रसार तिव्ररुपमा बढेको छ ।

निर्वाचनको तयारी र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु समेत गाउँ केन्द्रित हुन थाले पछि अहिले मतदातामा समेत उत्साह बढेको पौवादुम्मा गाउँपालिकाको बडा नं ४ का स्थानिय काजिमान राई बताउँछन । उनले भने अहिले गाउँमा रहेका मतदाताहरुमा पनि कुन चै राम्रा उम्मेदवारलाई जिताउने भन्ने उत्सुकता जागेको छ ।

धैरे बर्ष पछि निर्वाचन मार्फत आफनो गाउँको बिकास गर्न सक्ने प्रतिनिधी छान्ने अवसर आएकाले हाम्रा भन्दा पनि अव राम्रा प्रतिनिधी छनौट गर्नु पर्ने स्थानिय संजिव कार्की बताउँछन ।

भोजपुरमा नेकपा एमाले बाहेक अन्य नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरमले चुनावी तालमेल समेत गरेका छन । एमालेले भने तालमेल नगरी एक्लै निर्वाचनमा भाग लिने जनाउँदै आएको छ । पश्चिममा रहेको टयाम्के मैयुम गाउँपालिकामा संघीय समाजवादीका नेता रामसिं राई अध्यक्ष र नेपाली काँग्रेसका सरोज बस्नेत उपाध्यक्षमा लडदै छन भने एमालेबाट धुव्रराज राई अध्यक्षका लागि चुनावी भिडन्तमा रहेको ती दलले जनाएका छन ।

जिल्ला सुरक्षा समितिले चुनाव स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र, मतदाता, उम्मेदवार र मतदान अधिकृतलगायतको सुरक्षाका लागि सहरदेखि गाउँसम्म सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र, नेपाल र म्यादी प्रहरी पनि आआफनो क्षेत्रमा खटाएको छ ।

जिल्ला निर्वाचन कार्यालय भोजपुरले पनि आफनो तयारी गरी रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख केवलप्रसाद रेग्मीले बताएका छन । उनले भने कार्यालयले पनि तयारी गरी रहेको छ । भोजपुरमा १ लाख ५ हजार ५ सय ५४ जना मतदाता रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web