बढी शुल्क असुल्नेलाई कारवाही माग गर्दै विद्यार्थी सङ्गठनद्वारा शिक्षामन्त्रीलाई ज्ञापनपत्र

जेष्ठ १४, २०७३ मा प्रकाशित | 744 views

१४ जेठ, काठमाडौं ।
संयुक्त विद्यार्थी सङ्गठनले शिक्षा ऐनविपरीत शुल्क लिएका विद्यालयलाई चाँडो कारबाहीको माग गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेल समक्ष हिजो ज्ञापनपत्र बुझाएका छन् ।

नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु 'क्रान्तिकारी', अनेरास्ववियु 'पाँचाँै' मधेसी विद्यार्थी फ्रन्ट लगायत १४ विद्यार्थी सङ्गठनका विद्यार्थी नेता हिजो मन्त्रालय पुगी बढी शुल्क लिएको विद्यालयलाई कारबाहीका लागि माग गरेका हुन् ।

नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले निजी विद्यालय र शिक्षा मन्त्रालय मातहतका निकायको मिलेमतोमा मनपरी शुल्क लिएको भन्दै तिनलाई तत्काल कारबाही गर्न मन्त्री समक्ष माग गरिएको बताउनुभयो । उहाँले विद्यार्थी अनुगमनका क्रममा शिक्षा निर्देशिका विपरीत शुल्क लिएको भन्दै ध्यानकर्षण गराएको बताउनुभयो ।

शिक्षामन्त्री पोखरेलले नियमविपरीत शुल्क लिएका विद्यालयलाई छिटो कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले नाकाबन्दीका कारण समयमै विद्यालयमा पाठ्यपुस्तक पु¥याउन नसकेको स्वीकार गर्दै चाँडो पु¥याउने तयारी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web