म्यादी प्रहरीलाई नयाँ अवसर

जेष्ठ २२, २०७४ मा प्रकाशित | 983 views

काठमाडौं । विगतमा ८ सय जिल्लाको अवधारणा ल्याएर चर्चा कमाएका माओवादी नेता गोपाल किरातीले अहिले चुनावमा परिचालन गरिएका म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा बदल्नुपर्ने सरकारसँग माग गरेका छन् ।

किरातीले प्रधान प्रचण्डलाई भेटेर म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा रुपान्तरण गर्न माग गरेका हुन् । सरकारले चुनावमा खटाएका म्यादीहरुलाई तालिमसमेत दिएको हुनाले उनीहरुलाई प्रदेश प्रहरी बनाउन किरातीले सुझाएका हुन् ।

म्यादी प्रहरीमा भर्ना भएका युवाहरुलाई सरकारले प्रदेश प्रहरीमा भनाए नगर्ने हो भने उनीहरु विदेशतिर लाग्न सक्ने भन्दै किरातीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

‘मैले प्रधानमन्त्रीलाई भेटेर यो प्रस्ताव राखेको छु,’ किरातीले अनलाइनखबरसँग भने– ‘प्रधानमन्त्रीले यसबारे सल्लाह गरौंला भन्नुभएको छ ।’ गत चैतको दोस्रो साता गृहमन्त्रालयले करिब ७५ हजार म्यादी प्रहरीको भर्नाका लागि आह्वान गरेको थियो । १८ देखि ५४ वर्ष उमेर पुगेका म्यादी प्रहरीको कार्यकाल ५५ दिनमात्रै तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web