ओलीको गृह नगरमा २० वर्ष पहिलेकै उम्मेदवार !

जेष्ठ २२, २०७४ मा प्रकाशित | 885 views

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले दमक नगरपालिकाको चुनावलाई विशेष महत्वका साथ हेरिएको छ । यहाँको चुनावमा मुख्य राजनीतिक दलहरुदेखि विवेकशील नेपालीसम्म ७ पक्षीय प्रतिस्पर्धा हुँदैछ ।

दमकमा कांग्रेस र एमालेले मात्रै होइन, माओवादी रराप्रपाले पनि मेयरमा आफ्नो जित निकाल्ने दाबी गर्दै आएका छन्, जसले गर्दा यो नगरपालिकाको चुनावमा चौपक्षीय प्रतिस्पर्धा निकै तीब्र हुने अनुमान गरिएको छ ।

झापाको एक प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको दमक नगरपालिका ७ हजार ५ सय १३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँको मतदाता संख्या ४६ हजार ५ सय २३ छ ।

इलाम र मोरङको सीमास्थलमा रहेको दमक नगरपालिकाको उत्तरमा इलामको चुलाचुली गाउँपालिका, दक्षिणमा झापाको गौरादह नगरपालिका, पश्चिमतिर मोरङको मधुमल्ला गाउँपालिका र उर्लाबारी नगरपालिका पर्छ । पूर्वतिर चुलाचुली र कमल गाउँपालिका पर्छ ।

दमक नगरपालिकामा ब्राह्मण, क्षेत्री, धिमाल, लिम्बु, राई, मगर, सतार, राजवंशी, थारु, मुस्लिम, सुनुवार, माझी लगायतका समुदायको उल्लेख्य बसोवास छ ।

पूर्वराजपरिवारको लगानी रहेको हिमालय चिया स्टेट पनि यही नगरपालिकाभित्र पर्छ ।

२० वर्षपछि पनि एउटै अनुहार

पूर्वप्रधानमन्त्री समेत रहेका केपी ओलीको गृह नगर भएकाले आसन्न स्थानीय निर्वाचनमा एमालेलाई यहाँ जित्नै पर्ने दबाव छ । विगतको स्थानीय निर्वाचनको नतिजालाई हेर्ने हो भने ०५४ सालमा एमाले उम्मेदवार रोमनाथ ओलीलाई राप्रपाका राम थापाले टक्कर दिएका थिए ।

रोचक के छ भने २० पछिको चुनावमा पनि उनै रोमनाथ र रामवीच प्रतिस्पर्धा हुँदैछ । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनको मेयरमा फेरि एउटै अनुहार दोहोरिएको छ । एमाले र राप्रपाले तिनै रोमनाथ र रामलाई उम्मेदवार बनाएका छन् । दुवै पूर्वमेयर समेत हुन् ।

अझै पनि दमकमा राप्रपाको ‘राम्रै’ उपस्थिति मानिएकाले यहाँ राप्रपा पनि बलियो रुपमा आउने बताइन्छ । थापालाई राप्रपाले दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ७ बाट उम्मेदवार बनाएको थियो । जहाँ केपी ओलीसँगको प्रतिस्पर्धामा राप्रपा तेस्रो स्थानमा आएको थियो ।

केपी ओलीले १९ हजार २ सय ८७ मत ल्याउँदा कांग्रेसले ११ हजार ४१ मत पाएको थियो भने अहिले मेयरमा उठेका राप्रपाका राम थापाले ९ हजार ३ सय ३५ मत पाएका थिए । चौथो स्थानमा रहेका माओवादी केन्द्रका गोपाल किरातीले यो क्षेत्रमा ८ हजार ८ सय २ मत ल्याएका थिए ।

केपी ओलीले पार्टीको मात्रै नभएर व्यक्तिगत मतसमेत पाएका कारण अरुको भन्दा बढी देखिए पनि यसपालिको चुनावमा दमकमा एमाले, कांग्रेस, राप्रपा र माओवादीभित्र समानान्तर प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

सात उम्मेदवार, चौपक्षीय प्रतिस्पर्धा

हालसम्मको अवस्था हेर्दा दमकको मेयरमा ७ पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट ढुण्डीराज भण्डारी, एमालेबाट रोमनाथ ओली, माओवादी केन्द्रबाट गगन पुरी, राप्रपाबाट राम थापा चुनावी मैदानमा छन् ।

त्यसैगरी विवेकशील नेपलाीबाट सवास सुवेदी, साझा पार्टीबाट अर्जुन बुढाथोकी र संघीय समाजवादीबाट सतिस साहसमेत दमकको मेयरका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

यहाँ मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले, माओवादी र राप्रपाबीच नै हुने स्थानीयको विश्लेषण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web