काठमाडौं ।

३३ अर्ब बढी रकम पुँजीगत लाभकर राज्यकोसलाई ठगेर तिर्न आनाकानी गर्दै आएको एनसेलले आज करिव १४ अर्ब रुपैयाँ तिरेको छ ।

विदेशी लगानीमा नेपालमा संचालित दुरसंचार कम्पनी एनसेलले सरकारलाई तिर्न बाँकि रहेको मध्ये पुँजीगत लाभकर बापतको झण्डै १४ अर्ब रुपैयाँ रकम सरकारलाई आज बुझाएको हो ।

एनसेलले ठूला करदाता कार्यालय पुगेर मा सरकारलाई १३ अर्ब ६० करोड रुपैया भुक्तानी गरेको आन्तरिक राज्स्व विभागका निमित्त महानिर्देशक चन्द्रकला पौडेलले जानकारी दिनु भयो ।

लामो समयदेखिको पुँजीगत लाभकरको विवादलाई छिचोल्दै एनसेलले कर दाखिला गरेको होे ।

एनसेलले संसदको बिकास समितिले फोरजी सेवा संचालन गर्नु दिनु भनी नेपाल दुरसंचार प्राधिकरणलाई निर्देशन दिएपछि चोरबाटोबाट हिजोबाट फोर जी सेवा समेत सञ्चालनमा ल्याएको छ ।

सार्बजनिक लेखा समितिले रोकेपनि बिकास समितिले एनसेलसँगको साँठगाँठमा उसले छली गरेको कर तिर्नु बाँकी रहँदै फोर जी सेवा सुरु गर्न दिएको हो ।

16.08¡ÆC