भरतपुर महानगरका वडा अध्यक्षहरुलाई शपथ नगराउन अदालतको आदेश

जेष्ठ २१, २०७४ मा प्रकाशित | 775 views

चितवन ।

भरतपुर महानगरपालिका वडा नम्वर ४ र ७ का विजयी वडा अध्यक्षहरुलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारवाहि नगर्नु नगराउनु भनि आज उच्च अदालत पाटन हेटौडा ईजलासले विपक्षिका नाममा आदेश दिएको छ ।

वडा नम्वर ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहनु भएका उपेन्द्रराज सापकोटा सात मतान्तरले पराजित हुनु भएको थियो भने वडा नम्वर ७ मा नेपाली काँग्रेसकै श्याम प्रसाद लामिछाने मतान्तर १४ ले पराजित हुनु भएको थियो ।

वडा नम्वर ४ मा नेकपा एमालेका उम्मेदवार हरि प्रसाद आचार्य र वडा नम्वर ७ बाट सोहि पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित हुनु भएको थियो ।

कम मतले पराजित हुनु भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षि वनाई उच्च अदालत पाटनको हेटौडा ईजलासमा मुद्धा दायर गर्नु भएको थियो ।

ती दुवै मुद्धामाथि अदालतका न्यायधिश वावुराम रेग्मिको एकल ईजलासले उच्च अदालत नियमावली २०७३ को नियम ६१ वमोजिम आज अन्तरकालीन आदेश जारी गरेको हो ।

आदेशमा विपक्षिहरुबाट प्रतिउत्तर सरहको लिखित जवाफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web