नयाँ शक्ति ३० जिल्लामा नील

जेष्ठ २१, २०७४ मा प्रकाशित | 858 views

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा निराशाजक परिणाम हात पारेको नयाँ शक्ति पार्टीबाट जम्मा ५९ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

पहिलो चरणमा ३४ जिल्लाका २८३ स्थानीय तहमा १३ हजार ५५६ जनप्रतिनिधि चयनका लागि बैशाख ३१ मा निर्वाचन सम्पन्न भएको थियो । जसमध्ये अब भरतपुर महानगरको मात्रै परिणाम आउन बाँकी छ ।

यो चुनावमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेको थियो । तर, निकै निराशाजक परीणाम आएको छ ।

नयाँ शक्तिबाट एक गाउँपालिका अध्यक्ष चुनिए । यस्तै १० वडाध्यक्ष चुनिएका छन् भने बाँकी ४८ जना वडा सदस्यले जितेका छन् । उनीहरु मध्ये तीनजना निर्विरोध छन् ।

यस्तै वडा सदस्य मध्ये २२ जना खुलातर्फ, १३/१३ दलित महिला र महिला सदस्य छन् ।

नयाँ शक्ति पार्टीले उपलब्ध गराएको सूची अनुसार उसका उम्मेवारले जम्मा ४ जिल्लामा जित हात पारेका छन् । अधिकांश गोरखा र रसुवाका छन् । ३ जना मात्रै अन्य जिल्लाका छन् । बाँकी ३० जिल्लामा भने उसका उम्मेदवारले जित्न सकेनन् ।

रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँशक्तिबाट बुचुङ तामाङ विजयी भएका छन् । त्यहाँ वडा नम्बर १ र २ को वडाध्यक्ष पनि नयाँ शक्तिकै विजयी भएका छन् ।
रसुवाकै उत्तरगयाको वडा नम्बर १ र नौकुण्डको वडा नम्बर १ र ४ मा पनि नयाँ शक्तिका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।

त्यस्तै गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर १, ४, ५ र धार्के गाउँपालिकाको नडा नम्बर ३, सिरानचोक गाउँलिकाको वडा नम्बर ५ को वडाध्यक्षमा पनि नयाँ शक्ति पार्टीका उम्मदेवार विजयी भएका छन् ।

नयाँ शक्तिबाट विजयी ५९ जनप्रतिनिधि मध्ये ३ जना काभ्रे र ललितपुरका छन् । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ मा महिला र वडा सदस्य निर्वाचित भएका छन् । ललितपुर महानगरपालिकाको वडा. नम्बर १ मा दलित महिला सदस्य निर्विरोध चुनिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web