प्रचण्डको परिवारवाद । पुत्री रेणुलाई जिताउन भरतपुर १९ मा माओवादी केन्द्रले काँग्रेसलाई सघाउने

जेष्ठ २१, २०७४ मा प्रकाशित | 1037 views

चितवन ।

पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउनकै लागि माओवादी केन्द्रले चितवनको भरतपुर वडा नम्बर १९ वडामा काँग्रेसलाई सघाउने निर्णय गरेको छ ।

यसअघि भरतपुर १९ को वडा अध्यक्ष तथा सदस्यमा समेत उम्मेदवारी दिएको माओवादी केन्द्रले मेयरमा पार्टी अध्यक्षकी छोरीलाई जिताउन काँग्रेसको भोट तान्न पुन हुने भनिएको मतदानमा आफ्ना उम्मेद्धार नउठाउने निर्णय गरेको हो ।

माओवादी केन्द्र र नेपाली काँग्रेसकाको आज बसेको संयुक्त बैठकले यस अघिको सहमति अनुरुप प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई र उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार पार्वती शाहलाई मतदान गर्ने सहमति गरेको छ । साथै वडाका अन्य उम्मेदवारमा काँग्रेसलाई सघाउने माओवादी केन्द्र चितवनका ईन्चार्ज ईश्वरी भटराईले जानकारी दिए ।

सो वडामा नेपाली काँग्रेसकातर्फबाट अध्यक्ष पदमा कर्णवहादुर गुरुङ् र माओवादी केन्द्रकातर्फबाट खड्कवहादुर गुरुङ् उम्मेदवार रहेका थिए ।

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार बैठकले आयोगको निर्णयको स्वागत गर्दै यथाशिघ्र निर्वाचनको मिति तय गर्न माग गरेको छ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्वर १९ मा पुनः मतदान गर्ने निर्णय गरेसंगै यहाँको मेयर उम्मेद्धारका प्रवल दावेदार रहेको नेकपा एमालेले भने पुन निर्वाचनको बिरोध गरेको छ । उसको जिल्ला संगठनले हिजो साँझ जिल्लामा व्यापक मसाल जुलस निकालेर आयोग निर्णयको बिरोध समेत गरेको छ ।

स्मरणीय छ एक साता अघि आइतबार मध्यरात मतगणना भइरहँदा माओवादी केन्द्रका दुई प्रतिनिधिले मतपत्र च्यातेका थिए । सो समयमा माओवादी केन्द्रकी उम्मेद्वार तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल करिव ७ सय मतले पछि रहेकी थिइन् । उनी पराजय नजिक पुगेको थिइन् ।

भरतपुर महानगरपालिका वडा नं १९ मा कूल २ हजार ८ सय ९७ मत खसेकोमा १ हजार ८ सय ९ मत गणना भईसकेको थियो । केवल ९ सय ९८ मत मात्र गन्न बाँकी रहेको थियो । सो अवस्थामा ९० मत माओवादीका कार्यकर्ताले च्यातेको निर्वाचन आयोगले समेत जनाइसकेको छ ।

आफ्ना उम्मेद्वार पराजित हुने देखिएपछि मतपत्र च्यातेर पुन निर्वाचन गर्न लगाई जित्ने योजना अनुसार प्रतिनिधि मार्फत माओवादीले मतपत्र च्यात्न लगाएको आरोप लाग्दै आएको छ । मतपत्र च्यातेका दुई माओवादी कार्यकर्ता जनही १ लाख धरौटीमा छुटिसकेका छन् ।

भरतपुरमा पुनः मतदान रोक्न सर्वोच्चमा रिट, सुनुवाई भोलि

भरतपुरको वडा नं. १९ मा पुनः मतदान गर्ने आयोगको निर्णय : के गर्छ एमालेले ?

९० वटा मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा छुटे, मतगणना अन्यौलमा

माओवादी प्रतिनिधिले मतपत्र च्यातेको भरतपुरको मतगणनबारे छानविन सुरु

मतपत्र नै च्यातिदा भरतपुर मतगणना स्थगित

भरतपुर, काठमाडौं र चागुनारायण मेयरमा एमाले, उपमेयरमा काँग्रेस अगाडी (ताजा मतगणना यस्तो छ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web