पर्वतको दोबिल्लामा जीप र्दुर्घटना, पाँच गम्भीर घाइते

जेष्ठ २०, २०७४ मा प्रकाशित | 745 views

कुश्मा ।

पर्वतको कुस्मा नगरपालिका वडा नं ११ दोबिल्लामा जीप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन ।

जिल्लाको कार्किनेटाबाट कुस्मा तर्फ आउँदै गरेको ध १ ज ३३३ नम्बरको जीप शनिवार दिउँसो दोबिल्ला पुलमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते भएका कुस्मा नगरपालिका वडा नं ७ का २७ बर्षिय हरि शर्मा कँडेल, सोही ठाउँका ३५ बर्षिय कृष्ण शर्मा, कुस्मा ११ का ४९ बर्षिय भिमप्रसाद शर्मा, मोदी गाउँपालिका– ७ का ५५ बर्षिय ख्यामलाल पौडेल, र फलेबास नगरपालिकाका अमृत रिजाललाई पर्वत जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।

दोबिल्लाको मोटरेवल पुल नजिक आईपुग्दा ब्रेक फेल भएर जीप पुलमा ठोक्किन पुग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web