शेरबहादुर देउवाले प्रधानमन्त्रीको लागि उम्मेद्धारी दर्ता गराए

जेष्ठ २०, २०७४ मा प्रकाशित | 741 views

काठमाडौं ।

नयाँ प्रधानमन्त्री चयनका लागि भोली हुने निर्वाचनका लागि नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

कंग्रेस सभापति देउवाले आज विहान साँढे एघार बजे संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

देउबाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र समर्थकमा नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल तथा नेपाली लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय कुमार गच्छेदार रहेका छन् ।

संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार प्रधामन्त्री पदका लागि उम्मेदवारी दिने समय आज विहान ११ बजेदेखि अपरान्ह चार बजेसम्म तोकिएको छ ।

आजै सांढे चार बजे उम्मेदवारको अन्तिम सूचि सार्वजनिक गरिनेछ ।

भोली विहान ११ बजे संसदमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिएपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएकी थिइन् ।

तर, उक्त समयसीमा भित्र सहमति नजुटेपछि सरकार गठन बुहमतीय प्रक्रियामा प्रवेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web