<p data-mce-style="text-align: justify;" style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34); text-align: justify;">काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गुटबन्दीकै कारण पहिलो चरणको निर्वाचनमा पार्टीको अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन् ।</p><p data-mce-style="text-align: justify;" style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34); text-align: justify;"> देउवाले गुटबन्दीकै कारण पहिलो चरणका बेहोर्नुपरेको हारबाट सिक्दै दोस्रो चरणमा सुधार गर्ने बताएका हुन् । समाज पहिलो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले गल्ती गरेको भन्दै दोस्रो चरणको निर्वाचनमा सच्याउन माग गर्दै देउवा निवास पुगेको थियो ।</p><p data-mce-style="text-align: justify;" style="font-family: Verdana, Geneva, sans-serif; font-size: 15px; line-height: 26px; margin-bottom: 26px; color: rgb(34, 34, 34); text-align: justify;">माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा गरिएको राजनीतिक निर्णयले पार्टी कमजोर बनेको समाजका नेताहरूले बताएका थिए । यस्ता राजनीतिक निर्णय र लोकप्रिय व्यक्तिलाई टिकट नदिँदा कांग्रेसले अपेक्षाकृत नतिजा निकाल्न नसकेको विषयमा ध्यानाकर्षण गराएको समाजका सदस्य लोकेश ढकालले जानकारी दिए ।</p>
21.12¡ÆC