आइतबार ११ बजे प्रधानमन्त्रीको चुनाव, यस्तो छ प्रधानमन्त्री चयन प्रक्रिया

जेष्ठ १९, २०७४ मा प्रकाशित | 732 views

काठमाडौं ।

व्यवस्थापिका संसदले पर्सी आइतबार ११ बजे संसदमा प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी आज अपरान्ह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

निर्वाचन कार्यक्रम अनुसार भोलि शनिबार ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने, अपरान्ह ४ बजे उम्मेदवारको सूची प्रकाशित गर्ने र पर्सी बिहान ११ बजेबाट संसदमा प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया शुरु हुनेछ ।

संसदमा विपक्षी दलले गरेको अवरोध खुलाउने विषयमा सभामुख ओनसरी घर्तीले सत्तापक्ष र विपक्षी दलहरुसँग अपरान्ह आफनै कार्यकक्षमा गरेको छलफलमा सहमति हुन नसकेपछि प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सूचना टाँसेर सुरु गर्न सभामुखले निर्देशन दिनु भएको संसद सचिवालयले जनाएको छ  ।

यस अघि तीन दलका नेता तथा प्रमुख सचेतकहरुसँगको छलफलपछि पर्सी आइतबार प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी सूचना टाँसेर प्रक्रिया अघि बढाउन संसदका महासचिवलाई निर्देशन दिएको सभामुख ओनसरी घर्तीले बताउनुभयो ।

सहमतिको प्रयासमा विहान कार्यव्यवस्था परामर्श समितिको र दिउँसो तीन दलको बैठक बोलाएर आफूले सहमतिको प्रयास गरेपनि कुनै निष्कर्षमा पुग्न नसकिएको सभामुख घर्तीले जानकारी दिनु भयो ।

तीन दलका शीर्ष नेता र प्रमुख सचेतकसहितको बैठकमा सत्तापक्ष र विपक्षी दलहरुबीच सहमति हुन नसकेपछि सूचना टाँसेर निर्वाचन प्रक्रिया अघि बढाउने तय भएको नेपाली काँग्रेसका नेता एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताउनुभयो ।

सत्तारुढ दलहरुले राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आव्हान गरिसकेकाले प्रक्रिया अघि बढाउन सुझाव दिएको माओवादी केन्द्रका संसदीय दलका सचेतक रामनारायण बिडारीले जानकारी दिनुभयो ।

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सहमति गरी संसद्मा सूचना सुनाएर नै प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया अघि बढाउन राम्रो हुने सुझाव आफूहरुले दिएको बताउनुभयो ।

सभामुखको निर्देशनपछि आजै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सूचनामार्फत् प्रकाशित गरेको छ ।

विपक्षी दलहरुद्वारा प्रधानमन्त्री चयन प्रक्रियाबारे छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित संसद्मा प्रतिनिधित्व गरेका आठ दलले आज नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका बारेमा छलफल गरेका छन् ।

एमाले नेताहरुले आफुहरुको माग पूरा नभएसम्म प्रधानमन्त्री चयन प्रक्रिया प्रारम्भ हुन नदिने अडान राखे पनि अन्य दलका नेताले भने ती दुई विषयलाई अलग अलग रुपमा हेर्नुपर्ने बताउनु भएको थियो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनबारे संसद्को बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको सूचना प्रस्तुत भइनसकेको अवस्थामा विगतको परम्परा र अभ्यासका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुन नसक्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेले पनि संसद् अवरोध खुलाई प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्ने आफ्नो पार्टीको धारणा आठ दलीय बैठकमा राखेको जानकारी दिनुभयो । उहाँले भरतपुरमा पुनः मतदान नभई मतगणना हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको जानकारी पनि गराउनु भयो ।

बैठकमा एमाले र राप्रपाबीच पहिलो चरणको स्थानीय तह निर्वाचनका विषयमा समीक्षा पनि गरिएको थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web