यात्रुलाई ठक्कर दिएर किचेर मार्ने चालकमाथि कडा कारवाहीको नियम ल्याउँछु-मन्त्री भण्डारी

जेष्ठ १९, २०७४ मा प्रकाशित | 691 views

काठमाडौं ।

सार्वजनिक यातायातले सडकमा हिँड्ने यात्रुलाई ठक्कर दिँदा ब्याक गरेर किच्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले जोड दिनुभएको छ ।

आज टोखा नगरपालिकाको बानियाँटारमा आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले चालकले सवारी ब्याक गरेर किच्ने प्रवृत्तिविरुद्ध कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जेठ ६ गते बिहान बानियाँटारमा ट्रकले ठक्कर दिँदा उपसचिव ऋषिराम पण्डितको घटनास्थलमा मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीहरुले ट्रकको ठक्करले लडेर घाइते भएका पण्डितलाई चालकले फेरि ट्रक ब्याक गरेर किचेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web