बागलुङ्मा जिप दुर्घटना हुदा ७ जना गम्भिर घाईते

जेष्ठ १९, २०७४ मा प्रकाशित | 662 views

बागलुङ् ।

ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा गएराति जीप दुर्घटना हुदा चालक सहित ७ जना गम्भीर घाईते भएका छन् ।

साँझ करिव १० वजेको समयमा बुर्तिबाङ देखि भिमगिठे तर्फ जाँदै गरेको धौलागिरी यातायात समितिको रा १ ज २५८ नम्वरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाईते हुनेहरुमा साविकको अर्गल १ हाल ताराखोला गाउँपालिकाका वर्ष ३४ का चालक रमेश कुमार लामिछाने खत्री,वडीगाड गाउँपालिका वडा नं. ९ का उमेश खत्री, लक्ष्मी थापा, माया के.सी., वडीगाड गाउँपालिका वडा नं. ६ की पार्वती के.सी., लक्ष्मी क्षेत्री र वडीगाड वडा नं. ७ की अनिता रायमाझी पौडेल रहेका छन् ।

जीप गुडिरहेको अवस्थामा स्टेरिङले काम नगरेर जीप दुर्घटना भएको बुर्तिबाङ्ग प्रहरीले जनाएको छ  । जिप कटिब १६ फिट तल खेसेको चालक खत्रिले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ्गका सबै स्वास्थ्यकर्मी तालिम र बिदामा रहेकाले घाईतेलाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web