झापाबाट भारतीय लागू औषध सहित पक्राउ

जेष्ठ १८, २०७४ मा प्रकाशित | 679 views

झापा ।

भारत पश्चिम बंगाल दिनाजपुर घर भई हाल झापा मेचीनगर नगरपालिका–६ बस्ने २४ वर्षीय अजय सिहंलाई करीब ९ ग्राम ५ सय मिलीग्राम लागू औषध खैरो हिरोइन सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पश्चिम मेचीनगर नगरपालिका–७ प्यारीभिट्टा स्थित नयाँ बसपार्कमा लागु औषध ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सिहं सवार डब्लु.बि–७४–यू–६३४८ नम्बरको मोटरसाइकलको ट्याङकी भित्र प्लाष्टिकमा पोको पारी लुकाई ल्याएको अवस्थामा उक्त लागू औषध फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भारतीय रुपैयाँ सहित पक्राउ

भारत घर भएका ५४ वर्षीय भवानी शंकर नाईडुलाई भारतीय रुपैयाँ २ हजार दरको १ सय २५ थान सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । भद्रपुर एयरर्पोटबाट बुद्ध एयरलाईन्सको उडानद्वारा काठमाडौ जानलागेका नाईडुलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web