भक्तपुर ।

भक्तपुरको सल्लाघारीस्थित डा। इवामुरा मेमोरियल अस्पतालले दुई महिने पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया शिविर सञ्चालन गरेको छ ।

आज अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका व्यवस्थापक रञ्जीत मारिकुले आर्थिक अभाव र जनचेतना नहुँदा वर्षौंदेखि पित्तथैलीको पत्थरीको समस्या लिएर बसेका बिरामीको उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको बताउनुभयो ।

गत वैशाख १५ गतेदेखि एक महिने शिविर सञ्चालन गरेकोमा बिरामीको चाप बढेपछि असार १५ गतेसम्मका लागि शिविर थप गरेको उहाँले जानकारी दिनुभयो ।

14.93¡ÆC