नयाँदिल्ली । अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको दिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।

दिल्लीस्थित नेपाली दूताबासका इकोनोमिक मिनिष्टर कष्णहरि पुस्करले अनलाइनखबरसँग भने- ‘काबुलको दूताबास अगाडि भएको बम बिस्फोटनमा पाँच नेपाली घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ, तर विस्तृत विवरण प्राप्त भएको छैन, हामीले आफगानिस्तानमा सम्पर्क गरेर थप विवरण लिने प्रयास गरिरहेका छौं ।’

पुस्करका अनुसार घटनाको यकि विवरण प्राप्त गर्न कठिनाइ भइरहेको छ । तथापि पाँच नेपाली घाइते भएको भन्ने सम्म परराष्ट्र मन्त्रालयमार्फत दूताबासलाई खबर आएको छ ।

घाइतेहरुको नाम प्राप्त भएको छैन । उनीहरु दूताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए ।

अफगानिस्तानमा नेपालीहरु सुरक्षा गार्ड लगायतका रोजगारमूलक कार्यमा सहभागी हुँदै आएका छन् । उनीहरु पटक पटक यस्तो जोखिममा पर्दै आएका छन् ।

अफगानिस्तानमा नेपाली दूताबास छैन । त्यहाँको गतिविधिलाई पाकिस्तानस्थित नेपाली दूताबासले हेर्दै आएकोमा करिब दुई महिना अघिदेखि मात्रै दिल्लीस्थित नेपाली दूताबासमा त्यहाँको जिम्मेवारी सारिएको छ ।

दूताबासको क्षेत्राधिकार हेरफेरका कारणले पनि सूचना लिन कठिनाइ भएको अधिकारीहरुले बताएका छन् ।

बुधबार बिहान अफगानिस्तानको काबुलस्थित कूटनीतिक नियोगको कार्यालय रहने क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा ८० जनाको मृत्यु भएको थियो भने ३५० जना घाइते भएका छन् ।

16.49¡ÆC