अवैध सम्पर्कबाट शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ

जेष्ठ १७, २०७४ मा प्रकाशित | 984 views

सोलुखुम्बु ।  अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् । दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हुन् ।

सोलुदूधकुण्ड नगरपालिका–६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा नै नवजात शिशु (छोरी)लाई जन्म दिएर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

करिब २ः३० बजे महिलाले प्लास्टिकको पोका फालेको केटाकेटीले देखेपछि नजिकै गएर हेर्दाहेर्दै शिशु चलेर बाहिर निस्केपछि चिच्याउँदै अभिभावकलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीले दिएको हुलियाअनुसार प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएको थियो ।

कक्षा ११ मा अध्ययन गरी सल्लेरीमा डेरा गरी बस्दै आएकी राईलाई मङ्गलबार साँझ डेराबाटै पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानमा घटनामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web