एसएलसीसम्म भोजपुरमा नै अध्ययन गरेका थिए पाइलट गुरुङ्गले

जेष्ठ १६, २०७४ मा प्रकाशित | 758 views

भोजपुर ।

बाजुराको कोल्टीमा दुर्घटनाग्रस्त नेपाली सेनाको विमानका चालक कैलास गुरुङले भोजपुरमा नै एसएलसीसम्मको अध्ययन गरेका थिए ।

गुरुङले विद्यालय शिक्षा भोजपुर सदरमुकाम देखि पश्चिममा रहेको अन्नपूर्ण माविबाट शुरु गरेका थिए । चालक गुरुङ्गले अन्नपूर्ण माविबाटै २०४३ सालमा एसएलसी उत्र्तिण गरेको बताइएको छ सो पश्चात भने उनले प्राविधिक शिक्षा आर्जन गर्दै नेपाली सेनामा प्रवेश गरेका थिए ।

भोजपुरको साविक छिनामखु गाविस र हालको टेम्केमैयूङ गाउँपालिका वडा नम्बर २ मा जन्मिएका गुरुङ साहित्य र सिर्जनामा समेत सक्रिय थिए । उनका केही गीति एल्बम समेत सार्वजनिक भएको बताइएको छ । भोजपुरका अर्का चालकको समेत बिमान दुर्घटनामा ज्यान गए पछि जिल्लावासीले भने दुख मानेका छन ।

केही दिन अघि मात्र भोजपुरको उत्तरमा रहेको साडपाङका पारसकुमार राई गोमा एअरको जहाज दुर्घटनामा ज्यान जानु र फेरी जिल्ला कै अर्का कुशल चालकको पनि ज्यान जानु जिल्ला कै लागि दुखद भएको भोजपुरवासी कृष्ण प्रधान बताउँछन । उनले भने चार दिनमा २ जना जिल्लाका कुशल चालकहरु गुम्नु भनेको जिल्ला कै लागि दुभाग्र्य हो ।

केही दिनअघि लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा मृत्यु भएका पाइलट पारसकुमार राई समेत भोजपुरकै हुन । एक हप्ताभित्रमै भएका दुई विमान दुर्घटनामा भोजपुरले दुई पाइलट गुमाएको खवरले जिल्लावासीलाई नै दुखी बनाएको स्थानिय संजिव कार्की बताउँछन ।

नेपाली सेनाभित्र चर्चित पाइलट मानिनु हुने कैलासले भोजपुर जिल्लामा पहिलो पटक हेलीकप्टरबाट गाडी पु¥याएका थिए । रुक्माङगद कटवाल प्रधान सेनापति भएको समयमा गुरुङले सदरमुकाममा रहेको स्थानिय टुँडिखेलमा पहिलो पटक महेन्द्रा गाडी पु¥याएका थिए । उनले हेलिकप्टरबाट ल्याएको गाडी हेर्नका लागि स्थानिय टुँडिखेलमा हजारौको उपस्थिती रहेको थियो ।

अहिले भने गुरुङको परिवार काठमाडौंमै बस्दै आएको छ । महासेनानी गुरुङले नेपाली सेनाका बहादुरी र गाथा समेटिएका थुप्रै गीत समेत लेखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web