पर्वत ।

पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले स्थानीय तहमा आएका प्रतिनिधी संग अपायक ठाउँमा रहेको केन्द्र सार्न माग गरेका छन् ।

अपायक स्थानमा केन्द्र राखेको भन्दै लामो समयदेखि आन्दोलनरत जलजलाका स्थानीयले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सबैलाई पायक पर्ने गरि केन्द्र सार्न दवाव दिएका हुन् ।

नागरिक समाजले आयोजना गरकोे बधाई एवं अभिनन्दन कार्यक्रमका सहभागी अगुवाहरूले सबै वडावासीलाई पायक पर्ने गरि मिलनचोकमा केन्द्र सार्न दबाब दिएका हुन् ।

समाजका संयोजक जमुना आचार्यले भन्नुभयो, ‘सबै मतदातालाई सम्मान हुने गरी केन्द्र सार्र्नुपर्छ .’ तत्कालीन माझफाँटमा भएको केन्द्र मिलन चोकमा सार्र्नुपर्ने स्थानीयको माग रहेको उहाँले बताउनुभयो ।

अगुवा रुद्रलाल उपाध्यायले यसअघि केन्द्रकै विषयमा धेर सर्वसाधारणले दुःख पाएको भन्दै अब जनप्रतिनिधिले आफुले पाएको मतको सम्मानका लागि पनि केन्द्र सार्नुपर्ने बताउनुभयो । ‘माझफाँटको केन्द्र दुई वडाका लागि मात्रै हो,’ उहाँले भन्नुभयो, ‘सबै वडालाई पायक पर्ने स्थानमा हुनुपर्छ’ ।

जलजला गाउँपालिकाको केन्द्रको वारेमा विवाद हुँदा जिल्ला समन्वय समितिले राजनीतिक सहमतीमा दुई ठाउँमा केन्द्र तोकेको थियो । एउटा केन्द्र माझफाँट र अर्को केन्द्र मोहनचोकमा रहेको छ ।

24.93¡ÆC