ताप्लेजुङ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकामा रोकेर राखिएको स्काभेटरमा आगलागि भएको छ ।

नगरपालिका वाड नं ८ को बाहन्दे—ल्याङवा सडक खण्डको ल्याङबमा सडक छेउमा रोकि राखिएको २२० सिÞसिको स्काभेटरमा आज विहान आगलागि भएको हो ।

साँझ काम सकेर रोकि राखिएको स्काभेटर विहान अचानक आगोलागि रहेको देखि पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

आगलागि कस्ले गरेको भन्ने बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले बताउनुभयो । आगलागिले स्काभेटर पूर्णरुपमा क्षति भएको छ ।

16.92¡ÆC