काठमाडौं ।

भारतीय राष्ट्रिय झण्डाकै आकार र रंगमा पार्टीको झण्डा अनि भारतीय हिन्दी भाषालाई नेपालमा कामकाजी मान्यता र नेपालको नागरिकता लिएका भारतीयले नेपालको राष्ट्रपतीसम्म बन्न पाउने माग गर्दै आएको राजपाका नेताहरुले आफ्नो भारतभक्ती फेरी प्रदर्शन गरेका छन् ।

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका काँग्रेस सभापती शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठक बहिस्कार गर्दै राजपाका नेताहरु सल्लाह लिन भारतीय दूतावासलाई भेट्न पुगेका हुन् ।

राजनीतिक माग तराईका नागरिकको अधिकार भनेपनि भारत केन्द्रित राजनीति गर्दै आएका तराई केन्द्रि दलहरुका नेताहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टीका नेताहरु मंगलबार बिहानै भारतीय राजदूतलाई भेट्न गएका हुन् ।

सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका भाजपा नेताहरु अक के गर्ने भन्ने सल्लाह लिन लैनचौरमा भारतीय राजदूत भेट्न पुगेका हुन् ।

राजपानिकट स्रोतका अनुसार नेताहरु मंगलबार बिहान ९ बजे दूताबास पुगेका थिए । दूताबास गएका कारण सहमतीय सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा राजपाका शीर्ष नेताहरु अनुपस्थित रहे ।

संसद भवनमा बसेको बैठकमा राजपाका लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी र डिम्पलकुमारी झा मात्रै उपस्थित भएका थिए ।

अध्यक्ष मण्डलका सदस्यहरु भने उपस्थित भएनन् । उनीहरु दूताबासको बैठकमा गएका थिए ।

यद्यपि दूताबासमा के छलफल भयो भन्ने नेताहरुले बताएका छैनन् ।

स्मरणीय छ भारतले नेपालमा लगाएको नाकाबन्दीका समयमा समेत भाजपाका नेताहरुले आफुहरुको आन्दोलनका कारण नाका ठप्प भएको भन्दै भारतीय पक्षपोषण गरेका थिए ।

भारतीय जनता पार्टीको शैलिमा महन्थ ठाकुरको नेतृत्वमा हाल तराई केन्द्रित नेताहरुले राजपा पार्टी गत महिना गठन गरेका हुन् ।

भारतीय दूतावास र भारतीय सहयोगमा तराई केन्द्रित राजनीति गर्दै आएका नेताहरुलाई एकढिक्का बनाउन राजपा गठन गरिएको राजनीतिक विश्लेषकहरुले बताउँदै आएका छन् ।

19.12¡ÆC