भक्तपुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेद्वार रहनुभएका सोम मिश्र बिजयी हुनुभएको छ ।

उहाँले ८ हजार ५१२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्घन्द्घी नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेद्वार राजाराम खड्काले ६ हजार ८ सय ६९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकी विना बास्तोला ८ हजार ७७९ मत ल्याएर बिजयी हुनुभएको छ ।

उहाँकी निकटतम् प्रतिद्घन्द्घी नेपाली कांग्रेसका उपप्रमुख उम्मेदवार सरु बाँनियाले ७ हजार ४ सय ७६ मत प्राप्त गर्नु भएको छ ।

19.12¡ÆC