काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रको मेयर र उपमेयर उम्मेद्वारको जमानत काठमाडौं महानगरपालिकामा जफत भएको छ। मेयरका उम्मेद्वार सर्वोत्तमदास डंगोल र उपमेयरकी उम्मेद्वार सुशीला पौडेल दुबैको जमानत जफत भएको हो।

डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए भने पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन्। खसेको कुल मत मध्ये डंगोलले ४।१३ प्रतिशत मत ल्याए भने पौडेलले ५।४६ मत ल्याइन्।

माओवादी केन्द्रका काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले काठमाडौं महानगरमा संगठन कमजोर भएका कारण हार्नु परेको बताएका छन्।

स्थानीय तह निर्वाचनको नियमावली अनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेद्वारको जमानत जफत हुने प्रावधान छ। उक्त प्रावधान अनुसार काठमाडौंमा माओवादी केन्द्रका मेयरसहित २५ जनाको नजमानत जफत भएको छ।

छोटो समयमा चर्चा कमाएका साझा पार्टीका उम्मेद्वार किशोर थापाले पनि जमानत जोगाउन सकेनन्। थापाले १८ हजार ४ सय ९६ अर्थात ९।६८ प्रतिशत मत ल्याएका थिए। काठमाडौं महानगरपालिकामा एक लाख ९७ हजार २ सय २७ मत खसेको थियो।

जसम्ध्ये १ लाख ९१ हजार ४१ मत सदर भएको थियो। यसरी धरौटी जोगाउन कम्तिमा १९ हजार मत ल्याउनुपर्ने थियो।

काठमाडौंबाट एमाले, कांग्रेस र विवेकशील नेपाली दलले मात्र जमानत जोगाएको थियो।

19.12¡ÆC