माओवादी प्रतिनिधिले मतपत्र च्यातेको भरतपुरको मतगणनबारे छानविन सुरु

जेष्ठ १५, २०७४ मा प्रकाशित | 863 views

नारायणगढ ।

आइतवार राती भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना रोकिएर भएको विवाद छानविन गर्न निर्वाचन आयोगको टोली चितवन आईपुगेको छ ।

सो टोलीको छानवीन समितिले चितवनमा मतपत्र च्यातिएको बिषयमा र मतगणना प्रक्रियालाई अगाडी बढाउन आजदेखिनै काम शुरु गरेको छ ।

आयोगले सहन्यायधिवक्ता गिताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायव महानिरिक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको टोलीले छानविन थालेको हो ।

टोलिका संयोजक तिम्सिनाका अनुसार आज जिल्लामा वस्तुस्थितिको वारेमा जानकारी लिई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणना स्थलमा खटिएका शशस्त्र प्रहरीको तथा कर्मचारीहरुसँग छलफल गरेको छ ।

घटनाको वास्तविक अवस्थाको वारेमा मंगलवार राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधि संग समेत जानकारी लिने टोलीले जनाएको छ ।

मतगणना स्थलको स्थलगत निरिक्षण पश्चात टोलिले आगामी बुधवार निर्वाचन आयोगमा प्रतिवेदन बुझाउने गरी म्याण्डेट पाएको मुख्य निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिनुभयो ।

मतगणना अन्तिम अवस्थामा पुगेकाबेला आइतबार राती पौने १२ बजे दुई माओवादी कार्यकर्ताले जर्बजस्ती मतगणना स्थल प्रबेश गरी मतपत्र च्यातेका थिए ।

वाइसिएल चितवनका अध्यक्ष मधु न्यौपाने र मतगणनामा बसेका माओवादी प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेर राखेको छ ।

मतदान अधिकृत कविप्रसाद न्यौपानेले आफू बाथरुम जानेबेलामा एक्कासी होहल्ला भएपछि बाथरुम नपसी फर्कंदा स्थिति तनावपूर्ण देखेको जिकिर गरेका छन् ।

भरतपुरमा १९ वडाको मतगणना अन्तिम चरणमा पुगेको थियो भने २० वडाको बाँकी थियो ।

मतगणना अन्तिमतिर पुग्दा एमालेका उम्मेद्वार देबी ज्ञवाली काँग्रेस माओवादी केन्द्रको संयुक्त उम्मेदवार बनेकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल भन्दा ७ सय बढी मतले अघि दिए ।

एमालेका उम्मेद्वार ज्ञवालीले निर्वाचन हार्ने निश्चित भएपछि माओवादी केन्द्रले योजनाबद्ध ढंगमा मतपत्र च्यातेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web